" /> प्रसाद–२ मा निश्चलको इन्ट्री – News of Global

News of Global मंगलबार, फाल्गुण ११, २०७७

काठमाडौं । चलचित्र ‘लभ डायरीज’ का निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसाद २’ मा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले इन्ट्री गरेका छन् । चलचित्रको स्क्रिप्टमा लामो छलफलपछि सोमबा् उनले चलचित्रका लागि साइन गरेका हुन् । सोमवार निर्माता सुभाष थापा र निश्चलबीच कागजी सम्झौता भएको हो । फिल्ममा यसअघि नै अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अनुबन्ध भइसकेका छन् ।

दुई वर्ष अगाडि प्रदर्शन भएको चलचित्र प्रसादलाई दिनेश राउतले निर्देशन गरेका थिए । जसमा विपिन, नम्रता र निश्चल मुख्य भूमिकामा थिए । यसको सिक्वेलमा निर्देशक परिवर्तन भए पनि कलाकार यथावत रहने भएका छन् । यो फिल्मका लागि तीनै जना कलाकारले मोटो पारिश्रमिक बुझेको चर्चा छ । निश्चलले फिल्म साइन गरेसँगै अब निर्माण टिम छायांकनमा निस्कने तयारीमा जुटेको छ ।

चैत पहिलो साताबाट छायांकन सुरु हुने फिल्मको कथा शुशील पौडेलले लेखेका हुन् । प्रसादमा पनि सुशील पौडेलकै कथा थियो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]