News Of Global बिहिबार, चैत्र १९, २०७७

काठमाडौं । न्युरोडस्थित खिचापोरीमा रहेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामको आइएमई लुटमा संलग्न तिलक राउत र दिपुन श्रेष्ठ बानेश्वरस्थित दक्षिणकाली होस्टलमा बस्छन् ।
बुधवार राति उनीहरुहलाई खोज्दै महानगरीय प्रहरी परिसर काठमाडौंको टोली होस्टलमा पुगेको थियो । प्रहरी पुगेपछि त्यहाँ अरु ३ जना आइपुगे । उनीहरु थिए, रोल्पा घर भएका प्रशन्न मल्ल ठकुरी, सफल आचार्य र बुटवलका मिलन ढकाल । उनीहरु पनि त्यहि होटलको अर्को कोठामा बस्थे । उनीहरुको साथमा ११ चक्की नाइट्रोभेट, १७० चक्की ट्रामाडोल, २० चक्की स्पास्मो र गाँजा फेला परेको छ । लागुऔषध भेटिएपछि उनीहरुलाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । महानगरीय प्रहरी वृत नयाँबानेश्वरले उनिहरुमाथी लागु औषध मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खुकुरी देखाएर आईएमई लुट्ने तिलक र दिपुन सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरु लागु औषध प्रयोगकर्ता हुन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]