" /> राहत बितरणमा अनियमितता भएको आरोपमा दुहबीमा झडप, एक दर्जन घाइते – News of Global

News of Global आइतबार, चैत्र २३, २०७६

इटहरी । लकडाउनको समयमा अफ्ठ्यारोमा परेकाहरुलाई विभिन्न ठाउँमा राहत बितरण गरिएको छ । दैनिक ज्याला मजदुरी गर्नेका लागि कोरोना भाइरसले निम्त्याएको महामारीले झनै मुस्किल बनाइरहेको छ । सोही कुरालाई मध्यनजर गर्दै सुनसरीको दुहबीमा पनि राहत बितरण गर्दा झडप हुन पुगेको छ भने एक दर्जन भन्दा बढी घाइतेसमेत हुन पुगेका छन् ।
राहत वितरणमा अनियमितता गरेको भन्दै सुनसरीको दुहबीमा दुई समूहबीच झडप भएको छ । दुहवी ९ छातावलीमा दुई पक्षबीच भएको झडपमा एक प्रहरीसहित झन्डै एक दर्जन युवा घाइते भएको दुहबी प्रहरीले जानकारी दिएको छ । प्रहरी जवान अनिल यादव घाइते छन् ।

इलाका प्रहरी कार्यलय दुहबीका इन्पेक्टर प्रबिण कार्कीकाअनुसार घाइतेको अवस्था सामान्य छ भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुई पक्षबीच यसअघि पनि पटकपटक झगडा हुने गरेको कार्कीले बताए ।

राहत वितरणमा वडाध्यक्षलगायतले अनियमितता गरेको भन्दै एक स्थानीय युवाले फेसबुकमा लेखेका थिए । सोही विषयमा छलफल गर्न भेला भएको बेलामा दुई पक्षबीच झडप भएको हो । वडाले राहत वितरण आइतबारबाट सुरु गरेको थियो । यता दुहबी ९ का वडाअध्यक्ष मेहदी हुसैनले राजनीतिक पूर्वाग्राहका कारण आरोप लगाएको र छलफलको क्रममा झडप भएको बताए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]