मलेसिया । मलेसियामा रहेका समस्यामा परेका नेपाली श्रमिकलाई निःशुल्क सहयोग गरिएको छ । मलाया खवरद्वारा सञ्चालित अभियान अन्तर्गत यस बिपतको घडीमा कुनैपनी नेपाली खाद्यान्न अभाव भइ भोकभोकै नपरुन भन्ने उदेश्यले एक नेपालीले अर्को नेपालीलाई समस्या पर्दा सहयोग गर्ने अभियानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले पनि साथ दिने भएको छ ।

Nepal Telecome

एनआरएनए मलेसियाले एनसीसी मलेसियाका केन्द्रीय सदस्य केशव कान्त झाको पहल तथा सक्रियतामा खाद्यान्न समस्या झेलिरहेका निलाई स्थित समारामा बसोबास गर्दै आएका नेपालीहरुलाइ खाद्य सामाग्री उपलब्ध गराइएको हो।

गैरआवासीय नेपाली संघ मलेसिया परिवार खाद्य समाग्रीको अभाव कसैलाई भए केन्द्र तथा क्षत्रीय शाखाले पायक पर्ने स्थानमा सहयोग गर्ने कोसाध्यक्ष कृष्ण नेपालले जानकारी दिनुभयो ।

महामारीले पर्न गएको यो असर र दुस्खद घडीमा सबै नेपाली एकाबद्द भएर पारस्परिक सहयोगको भावना लिएर नेपाली हरु अगि बड्नुपर्ने बताउदै गैरआवासीय नेपाली संघ मलेसियाका महासचिव हेमराज सापकोटा सबैलाइ सम्यमित र सुरक्षीत रहन अनुरोध समेत गरेका छ्न।