काठमाडौं । होटल एसोसिएसन अफ नेपाल ९हान० ले विशेष आर्थिक प्याकेजसहित कर जरिवाना छुटसहित विद्युत महसुल समेतको छुटको माग गर्दै सरकारलाई आगामी आर्थिक वर्षको बजेट सुझाव दिएको छ । मंगलबार संस्थागत रुपमा सरकारलाई सुझाव दिँदै हानले कोभिड–१९ को प्रभाव होटल क्षेत्रलाई २ वर्षसम्म कर छुट दिनुपर्ने माग गरेको हो ।

त्यस्तै, मूल्य अभिवृद्धि कर र आयकरमा अधिकतम ५०र५० प्रतिशतको छुट दिन हानले सरकारसँग माग गरेको छ । जबकी हालसम्म कोभिड प्रभावित पर्यटन क्षेत्रलाई सरकारले अधिकतम २० प्रतिशत कर छुट दिँदै आएको छ ।
त्यसो त हानले होटल क्षेत्रमा संघीय वा स्थानीय सरकार तथा महानगरपालिका वा नगरपालिका वा गाउँपालिकाले हाल लगाउँदै आएको विभिन्न शीर्षकका प्रत्यक्ष करहरु आगामी ३ वर्षको लागि मिनाहा हुनुपर्ने माग राखेको छ ।
साथै कोभिड प्रभावित समयमा कर्जा, कर लगायत सम्पूर्ण राजश्वमा लाग्ने बिलम्ब शुल्क ९हर्जाना० समेत पूर्णतः मिनाहा गरिदिन हानले सरकारसँग माग गरेको छ ।

Nepal Telecome

सो अवसरमा हाल बजेट तयारीको अवस्थामा रहेको सरकारलाई सुझाव दिँदै हानले विगतको आर्थिक वर्षबाट हटाइएको ग्यास तथा डिजेलको मूल्य अभिवृद्धि कर फिर्ताको व्यवस्था समेत पुनः कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेको छ ।