" /> २९ गतेसम्म लकडाउन लम्बियो – News of Global

News of Global मंगलबार, बैशाख २१, २०७८

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । र यो अवधिमा निषेधाज्ञा थप कडा हुनेछ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको उनले बताए ।
https://youtu.be/y12U-wyH518

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]