" /> लकडाउनमा कडाई, ५४५ सवारी साधन नियन्त्रणमा – News of Global

News of Global मंगलबार, चैत्र २५, २०७६

काठमाडौँ । सरकारले घोषणा गरेको लकडाउनलाई विशेष निगरानीका साथ हेरिएको छ । दोस्रोपटक थपिएको लकडाउनलाई सरकारले विशेष कडाईका साथ लिएको हुँदा अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ ।

मंगलबार मात्रै काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ५१० वटा २ पाङ्ग्रे र ३५ वटा ४ पाङ्ग्रे गरी जम्मा ५४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । बिहान ६ बजे देखि दिउँसो ४ बजेसम्म ५४५ वटा सवारी साधन नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखी सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ । भित्रि क्षेत्रको लागि भने मोटरसाईकलमा ट्राफिक प्रहरी खटाएको छ ।

कोरोना भाइरस विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गरेको निर्णयलाई वेवास्ता गरेपछि कडाई गर्नुपरेको महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । उनले भने, ‘आगामी दिनमा बाहिर ननिस्कने प्रतिबद्धतासहित बेलुका उक्त सवारी साधन छाड्ने गरिएको छ ।’

काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि लकडाउन उल्लङ्घन गर्ने ५ हजार १९१ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।

पाससम्बन्धी नयाँ व्यवस्था

जिल्ला प्रशासन कार्यालय, काठमाडौँद्धारा विभिन्न मितिमा जारी भएको ७ दिने पहेलो रङको सवारी पास अब थपिएको लक डाउन अवधिभर मान्य हुने कुरा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यस महाशाखालाई पत्राचार गरेको महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए । तर १ दिने, ३ दिने वा अन्यथा लेखिएका पासहरू भने आजकै मितिबाट खारेज भएको श्रेष्ठले बताए ।’

पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी श्रेष्ठले बताए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]