" /> अप्ठ्यारोमा परेकालाई नारेश्वर युवा समाजको खाद्यन्न सहयोग – News of Global

News of Global आइतबार, आषाढ ०६, २०७८

काठमाडौं । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरुलाई नारेश्वर युवा समाजले दोस्रो चरणमा सहयोग हस्तान्तरण गरेको छ । स्थानीय तहका व्यक्तिहरुको आग्रह अनुसार ९ जनालाई खाद्यन्न सामग्री उपलब्ध गराएको हो । यसभन्दा अघि पनि समाजले गोरखा नगरपालिका वडा नं. ३ नारेश्वरको कार्यालयमा समाजले सहयोग जुटाएर स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग हस्तान्तरण गरेको हो । समाजका संयोजक सुबास थापाको संयोजकत्वमा नारेश्वर युवा समाजले देशविदेशबाट सहयोग जुटाएर लकडाउनको मारमा परेका गरीब, असहाय, अपाङ्ग र एकल महिलाहरुलाई सहयोग गरेको हो । गोनपा वडा नं ३ मा जन्मिएर देश तथा विदेशमा रहेका नारेश्वरबासीहरुले समाजको तर्फबाट सहयोग जुटाएका थिए । समाजले हालसम्म सहयोग गरेर दुई लाख ४० हजार रकम कोषमा रहेको समाजका अभियन्ता गायक लवकुमार भट्टले जानकारी दिए ।

नारेश्वर युवा समाजले गत जेठ ८ गते समाजले २३ थान अक्सोमिटर, २३ थान थर्माेमिटर, १८० लिटर सेनिटाइजर, १४ हजार थान मास्क, १० थान पिपिइ, भिटामिन सी, जिंक कोभिड, डक्ससाइट क्लिन ३०० जनालाई पुग्ने स्वास्थ्य सामग्रीको साथमा खाद्यन्न समेत बितरण गरिएको थियोे । नारेश्वर युवा समाजको कार्यसमितिमा संयोजकमा सुबास थापा रहेका छन् भने सल्लाहकारमा लबकुमार भट्ट रहेका छन् । सदस्यहरुमा रामकुमार भट्ट, दिलबहादुर अधिकारी (विदेश प्रतिनिधि), मिस्टर बाबु सुर्खेती (विदेश प्रतिनिधि), अधिस कोईराला (विदेश प्रतिनिधि), रुपेश विश्वकर्मा रहेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]