बिराटनगर । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले समस्यामा परेका विराटनगर १९ का विपन्न परिवारलाई राहत वितरण गरिएको छ। नेपाली समाज जर्मनको सहयोगमा हामी युवा विराटनगरले विराटनगर १९ खापटोलका १ सय १० विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको हो।

Nepal Telecome

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, विराटनगर–१९का वडा अध्यक्ष बद्रीनारायण सरदार र हामी युवा संस्थाका संस्थापक सविन दाहालले विपन्न परिवारका सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।

प्रत्येक परिवारलाई २५ किलो चामल, खाने तेल, पिठो, चिनीलगायतका खाद्यान्न सााग्री वितरण गरिएको हामी युवाकी अध्यक्ष जीना कार्कीले जानकारी दिइन्। हामी युवाले आगामी दिनमा पनि कोरोना लगायतका महामारी र विभिन्न दैविविपत्तीबाट पीडित बनेका परिवारलाई सहयोग गर्ने कामलाई निरन्तरता दिने कार्कीले बताइन्।