" />
सहिद लखन गाउँपालिकामा लोभ हुने अबश्ताका दुई बस्तु हाल देखन सकिदैन । ढिँकी र जाँतो आधुनिक उपकरण र बिधुतिय सामाग्री मिल र पिसनी जस्ता उपकरणले हाल त्यस बस्तु देखन सकिंदैन । गाउँघरबाट हराएका यस्ता बस्तुको कम उपयोग हुन थालेको छ । ढिँकी र जाँतोमा कुटिएका धान मकैँ गाँउ जस्ता बस्तु सुधिकरण भएता पनि हाल आधुनिक नै बढि उपयोग भएको पाइन्छ । मिल वा आधुनिक उपकरणले मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पारेको गाँउ घरमा ढिँकी र जाँतो उपयोग गर्न ेस्थानिय मेघ प्रसाद अधिकारी बताउनु हुन्छ । विभिन्न तिथी र चार्ड पर्वमा ढिँकी र जाँतोबाट बनाएका सामाग्री शुद्ध मानिन्छ ।
तर ,प्रविधीको विकाससँगै भएको परिर्बतनले धर्म र सास्ँकृतीलाई पनि असर पारेको र भाबि पुस्ताका लागि पनि यसको उपयोग कसरी हुन्छ भन्ने जानकारी नहुने जस्ता र आधुनिक विकाससँग पुराना वस्तु लड्न नस्कने अबस्थामा पुराना ढिँकी जाँतो घट्रटा जस्ता उपकरण लोप हुने अबस्था छ । मानिसको जिवनमा आधुनिक तिर लम्कियता पनि पुराना बस्तुको महत्व भिन्न रहेको स्थानिय बताउनु हुन्छ ।
गाँउ घरमा कतैँ कतै ढिँकी र जाँतो रहेता पनि उपयोग भएका छैनन् मानिसको जीवनमा आधुनिक तिर सरल तरिकाले चलिरहेको छ । मानिसको जिवनमा पनि आधुनिक मृत्यु पनि लम्कीदै छ । आधुनिक मेसिन मिल र पिसनी जस्ता उपकरणले मानिसमा चाहिने पौष्टिक तत्व नहुनाले मानिसको आयु पनि घट्देै छ। पुर्खा जिजुबाजे बाजे बुबा हजारौ बर्ष देखि एकछत्र र एकैनाश परम्परागत निर्बामुखि जिबनशैलिमा प्रयोग हुदै आएका ढिँकी र जाँतो लाई आधुनिक जिबनशैलिमा परिर्वतन गरि मील र पिस्नी बिधुतिय उपकरण उपयोग हुन थाल्यो। अब आउने पुुस्ताले ढिँकी र जाँतो जस्ता चिज र तिनको उपयोग प्रयोगविधि कहिले देखन पाउने छैन्न। अतस्भविष्यमा दन्त्यकथा जस्तै बनेछ। आधुनिक जिवनशैलिको माझधारमा बसेर यस्ता पुराना बस्तुको उपयोग हुन छाडनु एक दुस्खका विषयका पाटा हुन्र।आधुनिक प्रविधि तर्फको बढ्र्दो आकर्षण र सुविधाभोगि प्रकृतिका कारण समाजमा पुराना रैँथाने ढिँकी र जाँतो लोभ हुने छ। सुबिधा सम्पनन जिवन यापनका लागि पुराना रैँथाने ढिँकी र जाँतो लाई आधुनिक स्रोत साधन ले पछाडि धकादिएको छ।