" />
धरान । आपतमा सरकार भन्दा जनता नै सहयोगी भुमिकामा सक्रिय छन् । निजि ब्यवसाय तथा समाजसेवीहरुको सहकार्यमा समस्यामा परेकाहरुलाई राहत बितरण यतिबेला धमाधम भैरहेको छ । यस्तैमा सुन्दरहरैचा मोरङमा १ सय बिपन्न परिवारलाई राहत बितरण गरिएको छ । धरान १ का पुराना निर्माण ब्यवसायिको रुपमा परिचीत कर्ण बहादुर श्रेष्ठले सो कार्यमा सहयोगी भुमिका खेलेका हुन् ।
उनले आफ्नो नव दुर्गा स्टोन क्रसर प्रालीका तर्फबाट १ लाख ६१ हजार ५ सय ५४ रुपैयाँ नगद सहयोग गरेका थिए । सो रकमबाट होप धरानको सहजीकरणमा १ सय बिपन्न परिवारलाई राहतको रुपमा खाद्यन्न सामग्री बितरण गरिएको हो । २ हजार ५ सय २५ केजी चामल, १६ कार्टुन तेल,१६० केजी दाल र २ केजी झोला बितरण गरिएको हो । राहत बितरण कार्यक्रमद्वारा सहयोगीदाता ब्यवसायी श्रेष्ठलाई होप धरानले सम्मान समेत गरेको थियो ।खाद्यन्न बितरण कार्यक्रममा सुन्दर हरैचा मोरङ्गका उपमेयर धनमाया तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने वार्ड नम्बर–६ का वार्ड अध्यक्ष जीवन कुमार राईको विशेष उपस्तिथिमा रहेको थियो ।
साथै वडा सदस्य टुना कुमारी बिक र कृष्ण प्रसाद चापागाईं, पुष्पान्जली टोल बिकासका अध्यक्ष गीता राई, माइती नेपाल सुन्दरहरैचा नगर सन्जालका संयोजक नारायणी भण्डारीले खाद्यन्न बितरणमा बिशेष सहकार्यको भुमिका निर्बाह गरेका थिए । यस्तै कार्यक्रममा समाजसेबी मातृका ढकाल, हरि श्रेष्ठ र लक्ष्मी सिग्देलको समेत उपस्थिति रहेको थियो ।