तीन जना कोरोना संक्रमित भारतीय नागरिक बीरगञ्जमा भेटिए

नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो

News Of Global आइतबार, चैत्र ३०, २०७६

बीरगञ्ज । वीरगञ्जमा तीन जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । संक्रमित तीनै जना भारतिय नागरिक रहेका छन् । संक्रमित तीनै जना नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेका छन् । छकपैया यतिनखानामा शरण लिएर बसिरहेका तीनै जनाको सम्र्पकमा रहेकालाई क्वारेन्टाइनमा राखिएको छ ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएकोमा तीन जनाको नतिजा छुट्याउन नसकेपछि टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्रोतले त्यसको पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले आइतबार आधिकारीक जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ ।

तीनै जना धार्मिक गुरुहरु रहेको र उनिहरु दुई साताअघि मात्र मस्जिदमा आएका थिए । बिहीबार स्क्रीनिङको क्रममा भने उनीहरुले ४ महिना अगाडि भारतबाट नेपाल प्रवेश गरेको बताएका थिए । यो संगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ पुगेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]