" /> लकडाउनमा रिलिज भयो हरिमाया र सिताको मौलिक लोकभाका ‘चरि बस्यो’ – News of Global

News of Global सोमबार, बैशाख ०१, २०७७

काठमाडौं । मुलुकमा कोरोना भाइरसका कारण लकडाउन भएको तीन हप्ता कटिसक्यो । यो समयमा विश्व नै कोरोनाबाट त्रसित बनिरहेको अवस्था छ । जसका कारण विश्वको अर्थतन्त्र नै डामाडोल भएको छ । उद्योगधन्दा, कलकारखाना, अफिसहरु, चलचित्र उद्योग, संगीत उद्योग सबैमा असर पुगेको छ । तर नेपालको संगीत उद्योगमा भने केही गीतहरु यो समयमा पनि सार्वजनिक भइरहेका छन् । पहिला नै रेकर्डिङ तथा छायाँकन गरेर प्रदर्शनको तयारीमा रहेका म्यूजिक भिडियोहरु लकडाउनको समयमा पनि सार्वजनिक भइरहेका छन् ।

लकडाउनकै समयमा गायिका हरिमाया गुरुङ र सीता गुरुङको मौलिक लोकभाका ‘चरि बस्यो’ सार्वजनिक भएको छ । जुन गीतमा हरिमाया गुरुङ, सीता गुरुङ, राजु गुरुङ, कृष्ण गुरुङ र आइतराम गुरुङको स्वर रहेको छ । गायिकाद्वय हरिमाया र सीता गुरुङको शब्द तथा संगीत रहेको मौलिक लोक भाका ‘चरि बस्यो’ सार्वजनिकसँगै राम्रो प्रतिक्रिया पनि पाइरहेको छ ।

चरि बस्योको म्यूजिक भिडियोलाई पश्चिमाञ्चल कल्चरल गु्रपले निर्माण गरेको छ । दीप गुरुङको निर्देशनमा बनेको उक्त भिडियोलाई मधुर बस्नेत, विजय लामा र प्रेम खनालले छायाँकन गरेका छन् भने सुजन शाहीले सम्पादन गरेका छन् । हेमा गुरुङ र दीप गुरुङको कोरियोग्राफ रहेको भिडियोमा राइनासकोटको घुमाउने घरमा रोधी बसेको कथालाई प्रस्तुत गरिएको छ । भिडियोमा वरिष्ठ गायक अमर विरही गुरुङ, कृष्ण गुरुङ, राजु गुरुङ, हरिमाया गुरुङ, सीता गुरुङ लगायत पश्चिमाञ्चल कल्चरल गु्रपका कलाकारहरुको अभिनय रहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]