" /> नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढ्यो – News of Global

News of Global बिहिबार, आश्विन ०७, २०७८

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक २।७० अङ्कले बढेर दुई हजार ८१९।६५ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।९३ अङ्कले बढेर ५३०।०२ मा उक्लिएको छ । कूल २२८ कम्पनीको एक करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर रु सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ मूल्यमा खरिद बिक्री भए । बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४७ अर्ब १५ करोड सात लाख ९० हजारको हाराहारीमा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्यो भने ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ ४७।३७ र वित्त ८।२ अङ्कले उकालो लागे । केही वाणिज्य बैंकले आव २०७७÷७८ को मुनाफाबाट लाभांश घोषणा गरेका कारण बैंकिङ उपसमूहको शेयर मूल्यमा सुधार देखिएको हो । व्यापार ४५।०७, होटल तथा पर्यटन ९७।२७, विकास बैंक ८०।४४, जलविद्युत् ७१।८, निर्जीवन बीमा ९२।०४, उत्पादन ८०।४, अन्य २१।६१, लघुवित्त ४६।७९, जीवन बीमा ५१।०८, सामूहिक लगानी कोष ०।०६ र लगानी २।१६ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३४ करोड १५ लाख ८३ हजार बराबरको कारोबार भयो । नेपाल बैंक रु २७ करोड १० लाख ७७ हजार १४३, माछापुच्छ्रे बैंक रु २३ करोड ८६ लाख ८८ हजार ६०३, नेशनल हाइड्रोपावर रु २१ करोड ९६ लाख ५० हजार ५०५ र युनाइटेड मोदी हाइड्रोपावरको रु २१ करोड ७७ लाख २३ हजार २७७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । प्राइम लाइफ इन्स्योरेन्स ६।१३, नेपाल बैंक ५।५१, नेपाल बंगलादेश बैंक ५।३०, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ४।०२ प्रतिशतले कमाएका छन् ।

हिमालयन पावर पार्टनर ५।०९, यूनियन हाइड्रोपावर ५।०५, शिव श्री हाइड्रोपावर ४।६७, अरुण भ्याली हाइड्रोपावर ४।३६ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ४।१४ प्रतिशतले गुमाए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]