काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रिय सभाका सांसद नारायाणकाजी श्रेष्ठले आफ्नो एक वर्षको तलब कोरोना कोषमा दिने निर्णय गरेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बनेको सरकारी कोष र विपन्‍न वर्गलाई दिने राहत प्याकेजका लागि श्रेष्ठले आफ्नो एक वर्षको तलब दिने भएका हुन् ।

कोभिड–१९ बाट उत्पन्‍न संकटका बेला सबैले एकताबद्ध भएर आ–आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी रहेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले भनेका छन् – मुलुकको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय गरेका हुँ । श्रेष्ठले नयाँ वर्ष २०७७ बैशाख १ गते सोमबार ट्विटमा उल्लेख गर्दै यसरी लेखेका छन् – ‘ हामी अहिले कोभिड–१९ र उत्पन्न सँकटको सामना गरिरहेका छौं। यसबेला एकताबध्द भई आ–आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी छ।
यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड(१९ कोष र बाँकी बिपन्न बर्ग केन्द्रीत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गर्दछु।’
Narayan Kaji Shrestha_Prakash

Nepal Telecome

दुई दिन अघि मात्र श्रेष्ठले सांसदहरु मार्फत् खर्च गरिने ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’अनुचित भएको भन्दै यसमा हुन बाँकी रहेको सम्पूर्ण रकम कोरोना भाइरसविरुद्ध खर्च गर्न आग्रह गरेका थिए । त्यसो त प्रवक्ता श्रेष्ठले यस्तो कार्यक्रम आगामी वर्षदेखि खारेज गर्नुपर्ने माग अगाडि सारेका छन् ।