" />
काठमाडौं । काठमाडौंमा राहदानी (पासपोर्ट) बनाउनेहरुको लामो लाइन लागेको छ । राहदानी विभाग अगाडिको लाइन उत्तर ढोकासम्म पुगेर दुईतर्फी रुपमा घुमेको छ । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउने गरिन्छ । पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन् ।
विहान ३ बजेदेखि लाइनमा बस्नेहरुको भीड देखिँदै आएको छ । छिटो पालो पाइने आशाले चार बजे बिहानैदेखि लाइनमा बसेको एकजना सेवाग्राहीले बताए । चार बजेदेखि लाइनमा बसेको पालो १ बजे आयो उनले भने ।
उनले भने, एकछिन लाइन छोड्दा पालो मिचिन्छ भन्ने डरले पिसाब फेर्न समेत नगएको बताए । दुई वर्षसम्म मुलुकमा भएको लकडाउन र पछिल्लो समयको अमेरिकी डिभी चिट्ठा खुलेदेखि पासपोर्ट बनाउन आवेदन दिनेहरुको संख्या बढेको राहदानी विभागका कर्मचारीहरु बताउँछन् ।