" />
अष्ट्रेलियामा सांगीतिक तीज ‘धमाका’ हुने
काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान चाड तीजको उपलक्ष्यमा अष्ट्रेलियामा सांगीतिक तीज ‘धमाका’ हुने भएको छ । केबिसी अष्ट्रेलिया, ग्रेस इन्टरनेशनल तथा अष्ट्रेलियाका क्रियाशील विभिन्न सामाजिक संघसंस्थाहरु र व्यक्तिहरुको आयोजनामा हुने भनिएको तीज धमाका २०२२ कार्यक्रम गर्ने अन्तिम तयारी पुरा भएको छ । भोलि जुलाई २२ तारिकदेखि ८ अगष्टसम्म अष्ट्रेलियाका विभिन्न ठाउँमा कार्यक्रमहरु हुने छन् । कार्यक्रममा नेपालबाट ख्याती प्राप्त र चर्चित कलाकारहरु गायक पशुपति शर्मा, गायिका रचना रिमाल, हाँस्यकलाकारद्वय सुबोध गौतम ‘एदुमे’ र दिपक प्रसाद आचार्य ‘काकु’ लगायतको बेजोड प्रस्तुति हुने भएको छ ।