News Of Global मंगलबार, बैशाख ०२, २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बिलासी जीवन र चुनावी खर्च सार्वजनिक गर्न प्रधानमन्त्रीलगायतका विभिन्‍न पार्टीका ठूला नेताहरूलाई चुनौति दिएका छन् ।

नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनकै चुनावी क्षेत्रका नेकपाका प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठको सांसद तलब पुरै कोरोना कोष र विपन्न परिवारका लागि दिने निर्णय र
कोरोना भाइरसको महामारी नरोकिएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणाप्रति लक्षित गर्दै भट्टराईले ठूला नेताहरूले विलासी रहनसहन र चुनावी खर्च कसरी चल्छ भन्ने कुरा बताउँदा राम्रो हुने बताएका हुन्।
एकातिर इसाई सम्वत लागू गर्ने र विक्रमसम्म खारेज गर्नुपर्ने ट्वीटका कारण यतिखेर विवादमा रहेका नेता डा.भट्टराईको यो ट्वीटले पनि राजनीतिमा चर्चा चलेको छ ।

सामाजिक सञ्‍जाल ट्विटरमा भट्टराईले लेखेका छन्, ‘प्रधानमन्त्रीलगायत कतिपय बडे नेताहरूले आफ्नो दृश्य तलबरभत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो। त्यससँगै आफ्नो कुनै पैतृक सम्पत्ति, बचत र वैध कमाइ नहुनेहरू ९कमसेकम संसदरसरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने१० को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ, त्यो पनि बताउँदा राम्रो होला कि ?’

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]