काठमाडौं । गायक दीपक बज्रचार्यले आफ्ना दर्शक स्रोतालाई क्वारेन्टाइनमै बसेर सांगीतिक मनोरञ्जन दिइरहेका छन् । कोरोना भाइरसको प्रकोपबाट बच्न सरकारले देशभर लक डाउनको घोषणा गरेपछि बज्राचार्यले फेसबुक लाइभमार्फत दर्शक स्रोतालाई मनोरञ्जन दिइरहेका छन् ।

Nepal Telecome

हालै बज्रचार्यले युट्युबमार्फत ‘लक डाउन लक डाउन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। जसमा उनले कोरोनाको संक्रमण कम गर्नको लागि विश्वभरी भइरहेको लक डाउन र त्रासको बारेमा वर्णन गरेका छन्।

उनले आफ्नो फेसबुक पेजमा नयाँ गीत सार्वजनिक गर्दै उक्त गीत अहिलेको अवस्थासँग मिल्दो जुल्दो रहेको र लिरिक्स पनि तुरुन्तै रचना गरिएको उल्लेख गरेका छन्। दीपक बज्रचार्यको स्वर रहेको गीतको शब्द बिजेन्द्र बज्रचार्यले लेखेका हुन्।

उनले लेखेका छन् ‘यो गीत बनाउनुको मुख्य उद्देश्य भनेको संसारको वर्तमान अवस्थालाई स्वीकार्नु र यस मार्फत सकारात्मक हुनु हो। सम्भव भएसम्म मनोरञ्जन दिनुपनि हो।’

लक डाउनको अवस्था छिट्टै फिर्ता हुने र त्यतिन्जेलसम्म सुरक्षितसँग घरमै बस्न सबैलाई आग्रह पनि गरेका छन्।