" /> गोरखाका जनप्रतिनिधिले शपथ लिए – News Of Global

News Of Global शुक्रबार, जेठ ०६, २०७९

गोरखा । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले शपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिृकत दिनबन्धु बरालले निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । चुमनुब्री गाउँपालिका बाहेक जिल्लाका सबै स्थानीय तहका प्रमुख शपथ ग्रहण कार्यक्रममा सहभागिता रहेका थिए ।

स्थानीय सत्ताको बागडोर सम्हाल्ने जिम्मेवारीमा आइपुगेका नवनिर्वाचित जनप्रतिनिधिहरुले जनतालाई गाउँ सरकारको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बरालले जनताको चाहना र भावनालाई शिरोपर गर्दै काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे । साथै उनले नवनिर्वाचित सबै जनप्रतिनिधिलाई कार्यकाल सफलताको शुभकामना दिए ।

त्यस्तै, उपप्रमुख र उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्यले पनि पालिकामा खटिएका निर्वाचन अधिकृतबाट संयुक्तरुपमा शपथ लिएको मुख्य निर्वाचन अधिकृत बरालले जानकारी दिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]