काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी शब्द प्रयोग गरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको समाचार अडियोसहित बजारमा आइसकेको छ ।

पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न अर्थात् आफूले पठाएका व्यक्तिलाई जागिर दिलाउन अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए।

मन्त्री निरन्तर ताकेता गर्दै तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए। स्रोत भन्छ– अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाउँदै आएका थिए। अन्ततः मन्त्री आलेले आफ्नै कार्यकक्षमा बोलाएर अपशब्द प्रयोग गरी हातपात गरेका मन्त्रालय स्रोतले बतायो ।

Nepal Telecome