" /> अबिरल वर्षाका कारण घर भत्किँदा एकको मृत्यु – News of Global

News of Global सोमबार, साउन १६, २०७९

काठमाडौं । आइतबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पोखरामा घर माथिबाट आएको पहिरोले घर भत्किदा एक युवकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका ६ डिहिकोपाटन पँधेरोस्थित लक्ष्मी खड्का क्षेत्रीको ब्लकले बनेको कच्ची घरको कोठा भत्किएर पुरिँदा कास्की माछापुच्छ्रे गाउँपालिका १ भुर्जुङखोला तातोपानी घर भएका हाल उक्त घरमा डेरा गरी बस्दै आएका अन्दाजी २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको कास्की प्रहरी डिएसपी सुन्दर तिवारीले बताए ।

पहीरोले पुरीएर सुनारको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोमा परी सुनारकी दिदी २७ वर्षीय सुनिता सुनार घाइते छिन् । उनको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सुनिताकी १० वर्षीय छोरी सिम्रन सुनारको सकुशल उद्धार गरिएको डिएसपी तिवारीले बताए । पोखरा आसपास लगायतका क्षेत्रमा आइतबार साँझदेखि निरन्तर ठुलो वर्षा भइरहेको छ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]