" /> आई.एम.ई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिका बिच सम्झौता – News of Global

News of Global बिहिबार, माघ २६, २०७९

काठमाडौँ । आई.एम.ई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिका बिच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार विद्युतिय कर भुक्तानीमा महानगरपालिकाले आई.एम.ई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्ने छ ।
हालै सम्पन्न सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा दुई संस्था बिच सो सहमति भएको हो । सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्री गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक श्री प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।
सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्नुहुनेछ ।
नेपाल सरकारको घोषित डिजिटल नेपाल अभियानमा स्थानीय तहको सरकारसँग सहकार्य गर्न पाउदा आइएमई पे परिवार खुशी व्यक्त गर्दछ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]