" /> नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी – News of Global

News of Global मंगलबार, चैत्र २१, २०७९

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ ।

मङ्गलवार काठमाडौंको टेकुस्थित नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यालयमा आज अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले प्यानल सहित उम्मेदवारी दर्ता गराएका हुन् ।

अञ्जन श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फको उपाध्यक्षमा मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका छन् ।
एसोसिएट्सतर्फ श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गराएका छन् ।
‘जिवन्त जिम्मेवार र जुझारु ’ भन्ने मूल नारा राखेको सो समूहबाट प्रबलजंग पाण्डे लगायतका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै महासङ्घको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएका छन् । उमेशको समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल तथा एसोसिएट्स उपाध्यक्षमा भरत आचार्यले उम्मेदवारी दर्ता गरेका छन् । भरत अञ्जन समूहका समेत साझा उम्मेदवार हुन् । उनलाई सर्मथन गर्दै अञ्जन प्यानलका प्रवलराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका हुन् । ‘जिम्मेवार निजी क्षेत्र समृद्ध अर्थतन्त्र ’ यो समूहको मूल नारा राखेको छ ।

वरिष्ठ उपाध्यक्षकै अर्का उम्मेदवार रामचन्द्र संघाईले पनि मङ्गलवार उम्मेदवारी दर्ता गरेका छन् । संघाईको प्यानलबाट सुरकृष्ण वैद्यले जिल्ला नगर उपाध्यक्ष, सुकुन्तलाल हिराचनले वस्तुगत उपाध्यक्ष र ज्योत्स्ना श्रेष्ठले एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन यही चैत २८ र २९ गते हुनेछ । महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनको लागि कुल मतदाताको कम्तीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्छ । तीन जना उम्मेदवार चुनावी मैदानमा रहेको अवस्थामा यदि कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएमा बढी मत ल्याउने २ उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुनेछ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]