‘जितेनन् भने बिहे गर्दिनँ’ : सुर्खेतमा बालेन–रवि समर्थकको अनौठो क्रेज (तस्विरहरू)
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुर्खेतमा चुनावी सभा आयोजना गरेको छ । बिहीबार सुर्खेतको घण्टाघर चोकमा ‘हामी आउँदै छौं’ भन्ने नारासहित आयोजित सभामा बालेन शाह र रवि लामिछाने सहभागी भएका छन् ।

सभामा ठूलो संख्यामा समर्थकहरूको उपस्थिति रहेको छ, जसमा बालेन शाह र रवि लामिछानेको क्रेज देखिएको छ । अछाम विनायकका एक समर्थक दमन शाहीले ‘बालेन र रवि जितेनन् भने बिहे नै गर्दिनँ’ भन्ने प्लेकार्ड बोकेर चुनावी सभामा सहभागिता जनाएका छन् ।