" /> Entertainment – Page 40 – News of Global
निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया कटवालले गरे इन्गेजमेन्ट

काठमाडौं । निर्देशक सुदर्शन थापा र मोडल तथा समाचारवाचिका सुप्रिया कटवालले इन्गेजमेन्ट गरेका छन् । सुदर्शनले आज मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन् । सुदर्शन र सुप्रिया विगत ६ महिनादेखि प्रेम सम्बन्धमा थिए । सुदर्शन र सुप्रियाले काठमाडौंको एक होटलमा नजिकका आफन्तको उपस्थितीमा इन्गेजमेन्ट गरेका हुन् । सुदर्शनले आज परेको आफ्नो जन्मदिनको […]

तिजको कोसेली शान्तिप्रियको मौलिक गीत ‘फूलैफूल्यो तिउरी’

काठमाडौं । संचारकर्मसँगै गीतिलेखनमा निरन्तर सक्रिय रहँदै आएका व्यक्तित्व हुन् शान्तिप्रिय । आधुनिक, चलचित्र क्षेत्रमा गीतका माध्यमले चर्चा बटुलिसकेका शान्तिप्रियले तिजको अवसरमा प्रत्येक वर्ष मौलिकता बोकेका शब्द सिर्जना गर्दै आएका छन् । यस वर्षको तिजको कोसेली स्वरुप शान्तिप्रियले मौलिक तिज गीत ‘फूलै फूल्यो तिउरी’ लिएर आएका छन् । विगतका वर्षहरुमा जस्तै गीतभित्र नयाँपन र मौलिक […]

चेलीबेटीलाई शुभकाना बाँड्दै सूर्य चन्दले आयोजना गरे तिज विशेष कार्यक्रम

काठमाडौं । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा संचारकर्मी सूर्य चन्दले कार्यक्रमको आयोजना तिजको शुभकामना दिएका छन् । तिज विशेष कार्यक्रमको आयोजना गर्दै चन्दले चेलीबेटीलाई तिजको दर खुवाएका हुन् । काठमाडौं गैरीधारास्थित भोजघरमा कार्यक्रम आयोजना गर्दै आफूले दिदीबहिनी मानेका सम्पूर्ण कलाकारिता, सौन्दर्यकर्म र संचारजगतमा क्रियाशील रहेका दिदीबहिनीहरुलाई तिज विशेष कार्यक्रम गर्दै शुभकामना […]

गायक गणेश गुरुङ र गायिका विद्या गुरुङको ‘पिपलु छायाँ’

काठमाडौं । लोकप्रिय गायक कौडा किङ गणेश गुरुङ र गायिका विद्या गुरुङको स्वर रहेको नयाँ गीत ‘पिपलु छायाँ’ सार्वजनिक भएको छ । लोकदोहोरीमा ख्याति कमाएका गायक गुरुङ आधुनिक गायनमा पनि उत्तिकै सक्रिय छन् । चलचित्र, आधुनिक र लोक शैलीका गीतमा उनको सिर्जना क्षमता अब्बल छ । बहुप्रतिभाशाली गायक गणेश गुरुङकै शब्द संगीतमा रहेको गीत ‘पिपलु […]

म्यूजिक भिडियो निर्देशक समाजमा विधान कार्कीको नेतृत्व

काठमाडौं । निर्देशक विधान कार्कीको नेतृत्वमा ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’ गठन गरिएको छ । म्यूजिक भिडियो निर्देशकहरुको छाता संगठनका रुपमा गठन गरी दर्ता भएको उक्त समाजको औपचारिक घोषणा गरिएको छ । समाजले राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि संस्था स्थापना भएको जानकारी गराएको हो । नेपालका स्थापित म्यूजिक भिडियो निर्देशकहरुले स्थापना गरेको यो संस्था पहिलो […]

द भ्वाइस अफ नेपालकी तारा श्रीषको गीत ‘आमा’

काठमाडौं । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भ्वाइस अफ नेपालमा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल हुनुभएको थियो ताराले । गीतकारका रुपमा रश्मीको […]

अजय कार्कीले ल्याए राष्ट्रियभावको गीत ‘हामी देश बचाऔं’

काठमाडौं । भ्वाइस अफ नेपालमा भाग लिनका लागि काठमाडौं छिरेका अजय कार्कीले भ्वाइस अफ नेपालको विजयी हुने सपना पूरा नगरे पनि गायनमा लाग्नुको औचित्य पूरा गरेका छन् । उनले आफ्नो गायन यात्राको क्रममा राष्ट्रिय भावको गीतबाट गायन यात्रालाई अगाडि बढाएका छन् । कार्कीले सिलौटो क्याफे अनामनगरमा पत्रकारहरुलाई भेला पारेर आफ्नो नयाँ गीत ‘हामी देश बचाऔं’लाई […]

अन्ततः जसपा फुट्यो, उपेन्द्रलाई आधिकारिकता, धरापमा महन्थ समूह

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए । जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर […]

तिजमा भावनाको धामाका ‘टिकटक चलाउने’

काठमाडौं । नेपाली नारीहरुको महान् चाड तिज जति नजिक आउँदै जान्छ उति नै तिजका गीतसंगीतले बजारमा गरमागरम हुने गर्छ । गायक गायिकाहरुको चहलपहल तिजमा निकै बढ्ने गर्छ । पछिल्लो समय सामाजिक सञ्जालको भीडमा टिकटकले पनि उत्तिकै बजार पाइरहेको छ । त्यही टिकटकको बजारलाई मध्यनजर गर्दै गायिका भावना आचार्यले ‘टिकटक चलाउने’ गीत बजारमा ल्याएकी छन् । […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]