" />

काठमाडौं । लोकदोहोरी च्याम्पियनमा प्रतिपर्धा गरिरहेका सुष्मा ठकुरी दोहोरीको खेलबाट बाहिरिए पनि यतिबेला भने फरकपनमा आफूलाई प्रस्तुत गर्न सफल भएकी छन् । मुलुकभित्र भएका बालबालिका बलत्कारका घटनालाई केन्द्रविन्दूमा राखेर उनले तिजको अवसरमा नयाँ गीत लिएर आएकी छन् । समाजमा छोरीप्रतिको विभेदसँगै छोरीहरु मार्ने र अधिकार नपाउने काम भइरहेको विषयलाई उनले गीतमार्फत उतारेकी छन् । नयाँ […]
काठमाडौं । नेपाली नारीहरुको महान चाड तिज नजिकिँदै गर्दा तिज विशेष गीतहरु बजारमा आउने क्रम पनि बढ्दै गएको छ । एकपछि अर्को गरी तिज गीत बजारमा आउने क्रममा प्रतिस्पर्धात्मक तरिकाले अघि बढ्ने कलाकारहरुको पनि उत्तिकै भीड लागिरहेको छ । तिजका विशेष गीतहरुको भीडमा अर्को गीत आएको छ ‘नक्कली कान्छी’ । गायक सचिन भट्टराई र गायिका […]
काठमाडौं । २०८ औं भानु जयन्तीको अवसरमा आज २०७८ असार २८ गते सखी प्रतिष्ठानले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा विशेष कवि गोष्ठीको आयोजना गर्यो । सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि गुन्जनका अध्यक्ष एवं वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक रहनु भएको थियो । सो कार्यक्रममा अमेरिकाबाट आउनु भएका साहित्यकार गोविन्द गिरि प्रेरणालाई […]
काठमाडौं । लोकप्रिय गायक स्वरुपराज आचार्य र गायिका लक्ष्मी मल्लको स्वर रहेको लोकदोहोरी ‘डाँडाघरे साइली’ बजारमा आएको छ । संगीतकार श्रीकृष्ण बम मल्लको संगीत, गीतकार कृष्ण केसीको शब्दमारहेको छ । ‘डाँडाघरे साइँली’ दाहोरी गीतसँगै गायक स्वरुपले पहिलो पटक लोकदोहोरी गीत गाएका हुन्। संगीत संयोजक कृष्ण विक भान्जाको संगीत संयोजन रहेको गीतको रेकर्डिङ प्रिज्म स्टुडियोले गरेको […]
काठमाडौं । कोभिड–१९ को महामारीबाट अप्ठ्यारोमा परेका कलाकारहरुलाई गोरखा सांस्कृतिक समाजले दोस्रो चरणमा राहत प्रदान गरेको छ । समाजले असार १९ गते आफ्नै कार्यालयमा बोलाएर गोरखाली कलाकारहरुलाई राहत प्रदान गरिरहेको छ । दोस्रो चरणको राहत प्याकेजमा ५० जना कलाकारहरुलाई राहत दिएको हो । यो क्रम दैनिक रुपमा अप्ठ्यारोमा परेका कलाकारलाई दिँदै जाने समाजको ‘कोभिड–१९ राहत […]
धरान । लोकप्रिय गायक गंगा बरदानले आफ्नो नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी’ युट्युब मार्फत सार्वजनिक गरेका छन्। विभिन्न सांगीतिक कार्यक्रमहरुमा श्रोता– दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको हो। २०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा ‘ दाई त् काले भाई पनि काले’ गीत गाएर प्रथम […]
काठमाडौं । लोकप्रिय गायिका पूर्णकला बिसीको आवाजमा पछिल्लो समय बजारमा आएको लोकगीत हो ‘जानी मायालु’ । लामो समयपछि आफूलाई फरकधारमा उभ्याएकी गायिका बिसीको आवाजको माधुर्यताले लोकगीतका स्रोताहरुलाई एकातिर मन्त्रमुग्ध बनाएको छ भने अर्कोतिर मायाप्रेमभित्रको बन्धनमा बाँधिएका मायालुको कथा पनि गीतमार्फत् पोखेकी छन् । गायक जय देवकोटाको शब्द रचना रहेको यो गीतलाई नन्दू परियारले संगीत भरेका […]
काठमाडौं । गोरखा सांस्कृतिक समाजले स्थापना गरेको कोभिड–१९ राहत कोषद्वारा आज राजधानीमा अप्ठ्यारोमा परेका ३६ जना भन्दा बढी कलाकारलाई राहत प्रदान गरेको छ । समाजले कोरोना भाइरसको महामारीले गर्दा लकडाउनमा परी पीडा भोगिरहेका कलाकारलाई खाद्यन्न, स्वास्थ्य सामग्री तथा नगदसहित राहत प्रदान गरेको हो । समाजले चलाएको अभियानमा सहयोगी दाताहरुको सहयोगसँगै समाजले पीडा भोगिरहेका कलाकारलाई राजधानीको […]
काठमाडौं । गीतकार चेतन खतिवडाको शब्दमा रहेको गीत ‘हिजो आज’ सार्वजनिक भएको छ । लकडाउनको समयमा गीतसंगीतहरु खासै बजारमा नदेखिए पनि गीतकार खतिवडाले भने यो गीतलाई सार्वजनिक गरेका हुन् । हिजो आज गीतमा मनोहर सुनामको संगीत तथा संगीत संयोजन रहेको छ भने बानिका प्रधानको स्वर रहेको छ । गीतको रेकर्डिङ तथा मिक्सिङ भोला पौडेलले गरेका […]