" /> News – Page 22 – News of Global
कांग्रेसको विजयी ¥यालीमा एमालेको आक्रमण, ६ जना घाइते

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय ¥यालीमा सहभागी भएकाहरुमाथि एमाले कार्यकर्ताको आक्रमण भएको छ । आक्रमणमा परी विजयी उत्सवमा सहभागी ६ जना स्थानीय घाइते भएका छन् । वडा नम्बर २७ को अध्यक्ष जितेपछि बिहीबार राति कांग्रेसले विजयी उत्सव मनाएको थियो । सो क्रममा नेकपा एमालेका वडाध्यक्षको उम्मेदवारसहितको समूहले र्‍यालीमा सहभागीमाथि आक्रमण गरेको कांग्रेसको […]

संविधान संसद बचाउन सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता: प्रधानमन्त्री शेरबहादुर देउवा

जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संसद बचाउन सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता रहेको बताएका छन्। उनले संविधान जनताको जनप्रतिनिधिले बनाएकोले समयावधि बिनै संसद र संविधानको मूल्य मान्यता विपरित विघटनलाई अपदस्त गर्न गठबन्धन दलको आवश्यकता भएको बताएका हुन्। शनिबार जनकपुरधाममा पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा व्याप्त राजनीतिक अस्थिरता र एमाले अध्यक्ष […]

पाल्पामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

पाल्पा – पाल्पामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । तिनाउँ गाउँपालिका ५ चर्चरेमा जीप दुर्घटनामा हुँदा जीपका धनी रामपुर नगरपालिका ३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा चालक निस्दी गाउँपालिका ४ का २७ वर्षीय खेमबहादुर खाम्चा र […]

स्वतन्त्र भन्दै बागी उम्मेदवारी दिनेले फिर्ता नलिए कारवाही गर्ने चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश समितिले पार्टीको निर्णय र सत्तारुढ गठबन्धनले सहमति गरेका उम्मेदवार विरुद्ध उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएको छ । प्रदेश समिति अध्यक्ष सरल सहयात्रीले मंगलबार एक विज्ञप्ति जारी गर्दै वैशाख १५ गतेभित्र उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी समेत दिएको छ। ‘पार्टी र गठबन्धनका विरुद्ध स्वतन्त्र चिह्न लिदै वागी […]

भोलिबाट एसईई परीक्षा सुरु, ५ लाख १४ हजार ७६० परीक्षार्थी सामेल हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि शुक्रबारबाट सुरु हुँदैछ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक रुपमा नै उपस्थिति गराएर परीक्षा सञ्चालन गर्न लागेको हो । यस वर्षको एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ […]

बीरगञ्जमा ‘नो लालपूर्जा नो भोट’ अभियान सञ्चालन

वीरगञ्ज । महोत्तरीको गौरीडाँडाका युवाहरुले ‘नो लालपुर्जा, नो भोट’ अभियान सञ्चालन गरेका छन् । गौरीडाँडामा लामो समयदेखि बसोबास गर्दै आए पनि लालपुर्जा नपाएको भन्दै उनीहरुले त्यस्तो अभियान सञ्चालन गरेका हुन् । निर्वाचनको समयमा ऐलानी जमिनमा बसोबास गर्दै आएका गौरीडाँडाका बासिन्दाहरुलाई लालपु्र्जा दिने आश्वासन दिएर नेता बन्ने तर जितेपछि बिर्सिने परिपाटी देखिएकाले आफूहरु जागरुक भएको युवाहरुले […]

पाटनमा सविता र सरिताको अर्किड फेसन स्टुडियो

काठमाडौं । ललितपुरको पाटनमा अर्को फेसन बुटिक थपिएको छ । फेसन डिजाइनरद्वय सवितामहर्जन र सरिताश्रेष्ठले पाटनमा अर्किड फेसन स्टुडियो सञ्चालनमा ल्याएका हुन् । उक्त फेसन स्टुडियोको शनिबार चर्चित कोरियोग्राफर तथा कलाकार पे्रशान्त ताम्राकार, बरिष्ठ ग्ल्यामर फोटो ग्राफर राजभाइ सुवाल र मोडल तथा कोरियोग्राफर विपना थापाले संयुक्त रुपमा उद्घाटन गरे । फेसन स्टुडियोको उद्घाटनपछि कोरियोग्राफर प्रशान्तले […]

प्रेस युनियनद्वारा पाँच लाखको अक्षयकोष स्थापना

काठमाडौं । नेपाल प्रेस युनियन सुनसरीले एस जी अर्गनाइजेसनसँगको समन्वयमा पाँच लाख राशिको अक्षयकोषको स्थापना गरेको छ । इटहरीमा शनिवार आयोजित एक कार्यक्रमका बीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी र एसजी अर्गनाइजेसनका तर्फबाट अध्यक्ष शिव घिमिरेका प्रतिनिधिले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सुनसरी युनियनले उक्त अक्षयकोषमार्फत प्रत्येक वर्ष जनही एकाउन्न हजार एक सय […]

घुस लिइरहेको अवस्थामा मालपोत टोखाका खरिदार पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालका खरिदारलाई घुस सहित पक्राउ गरेको छ । मालपोत कार्यालय टोखा, सरस्वती, काठमाडौंको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीलाई अख्तियारले २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा […]

रुपन्देहीमा थपिए एक लाख मतदाता

बुटवल । रुपन्देहीमा पछिल्लो पाँच वर्षमा एक लाख नौ हजार भन्दा धेरै मतदाता थपिएका छन् । २०७४ सालको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकोमा अहिले एक लाख नौ हजार ७५८ जना मतदाता बढेर ६ लाख ३२ हजार ३६० पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार जिल्लामा तीन लाख २३ […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]