" /> News – Page 24 – News of Global
रूपाज्योति माविको ४१ औँ वार्षिकोत्सव

पोखरा । कास्कीको रूपा गाउँपालिका, वडा नम्बर ६, तालबेंसीमा सञ्चालित रूपाज्योति माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देगेन्द्रकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिकाका शिक्षा प्रमुख सन्दिप पौडेलले रूपाज्योति रूपाकै एक ज्योति भएको धारणा राखे । ‘पैसा तिर्दैमा पढाइ राम्रो हुने होइन, पैसा […]

शिक्षक सेवा आयोगद्वारा नयाँ पदपूर्तिका लागि आह्वान

काठमाडौँ : शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले आज सूचना प्रकाशित गरेको छ । नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा […]

कानूनी र प्राविधिक तयारी गरेर बिजुलीको अन्तर्राष्ट्रिय बजार खोज्न सुझाव

काठमाडौँ : बिजुलीलाई कच्चा पदार्थका रुपमा मान्दै आन्तरिकरूपमा नै खपत गर्नुपर्ने र औद्योगिक विकासमा जोड दिनुपर्नेमा यस क्षेत्रका जानकारहरूको समान मत देखिएको छ । आन्तरिकरूपमा खपत बढाउने र बढी भएको बिजुली बङ्गलादेश र भारतमा समेत निर्यात गर्ने गरी कानूनी एवं प्राविधिक तयारी गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन) र इकोनमिक पोलिसी इन्क्युभेटर […]

जोमसोम–कोरला सडकको छ खण्ड निर्माण सकियो

म्याग्दी : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३÷७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो । आयोजनाका प्रमुख जगत् प्रजापतिले चराङ–छोसेर २५ किलोमिटरबाहेक अन्य छवटा प्याकेजको ७५ किलोमिटर सडक […]

अध्यागमनबाट फर्काइए विदेश जान लागेका ७६ यात्रु

काठमाडौँ : ललितपुरस्थित एक सहकारीको लेटरप्याडका आधारमा विदेश जान लागेका ७६ यात्रुलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ । उनीहरु विदेश जानुको उद्देश्यप्रति शङ्का देखिएपछि फर्काइएको विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिनुभयो । “केही आशङ्का लागेपछि हामीले कागजपत्र माग्यौँ, चिट्ठी लेखेर सहकारीबाट जानकारी माग्छौँ भनेपछि उनीहरु डराए, कतिले त त्यसो भए हामी […]

उपकुलपतिमा डा महतो नियुक्त

जनकपुर : प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा वैद्यनाथ महतोलाई नियुक्त गरेको छ । सहकुलपति तथा सामाजिक विकासमन्त्री नवलकिशोर साहको सिफारिसमा कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री लालबाबु राउतले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा महतोलाई नियुक्त गर्नुभएको हो । कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालनको सुरुआतको सिलसिलामा प्रदेश २ का नीति तथा योजना आयोगका पूर्वसदस्यसमेत रहनुभएका सिरहाको मिर्चैया नगरपालिका–२ […]

म्यानपावर कम्पनीले एक करोड ‘दादा भत्ता’ नदिएपछि आक्रमण, पक्राउ परे गुण्डाहरु

काठमाडौं । गुण्डागर्दी गरी म्यानपावरबाट झण्डै एक करोड रुपैयाँ असुलेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले म्यानपावर कम्पनीबाट ९० लाख २५ हजार रुपैयाँ असुलेका काठमाडौंको गंगाहिटी घर भइ हाल सुकेधारा बस्ने ४० वर्षीय मिलन जोशी र दोलखाको भीमेश्वर नगरपालिका ५ माटीका ३५ वर्षीय रवीन्द्र बस्नेतलाई पक्राउ गरेको हो। उनीहरुले काठमाडौंको पानी […]

नेपालमा पनि दुई जनामा ओमिक्रोन पुष्टि

काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार २ जनामा ओमिक्रोकको संक्रमण देखिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार मंसिर ३ गते त्रिभुवन विमानस्थलमा आएका दुई जनामा उक्त नयाँ भेरियन्ट देखिएको हो । त्रिभुवन विमानस्थलमा आएका ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका […]

बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्र

बलेवा : कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्र्तगत जैमिनी नगरपालिका–१० राङ्खानीदेखि बरेङ गाउँपालिका–१ चित्रेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्र्तगत यो सडकको ११ किलोमिटर खण्डको काम सुरु भएको हो । दुई वर्षमा कालोपत्रको काम सक्ने गरी सडक स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले धमाधम काम थालेको छ […]

इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका–७ का २७ वर्षीय पुष्पराज तिमिल्सेना छन् । नेपाल राष्ट्र बैंकबाट मान्यता (इजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि इ–कमर्सले […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]