कास्कीको माछापुछ्रे गाउँपालिका ५ स्थित रिभानमा भएको ब्रतबन्धमा दलितले भान्सा छोएको भन्दै खाना फालिदिएपछि विवाद सृजना भएको हो ।
गत फालगुण २५ गते पोखराबाट नारायण परियार आफ्नो आफन्तका छोराको व्रतवन्धमा सहभागी हुन् पुगेका थिए । व्रतवन्धमा सहभागी उनले आफन्तका छोरालाई धर्म संस्कार अनुसार टिका तथा दान दक्षिणा दिन्छन । त्यसपछि प्रसाद ग्रहण गर्न आदिमा रहेको भान्छामा पुग्छनत्यसैक्रम्म्मा स्थानीय एकजनाले प्रसाद लिन गएका नारायणलाई उनको ‘थर के हो ?’ भनेर सोधछन् ।उत्तर दिदै उनले भने उनी ब्रतबन्ध हुनेवाला मेरो आफन्त हुनुहुन्छ लाई जवाफ आउँछ, तिमी दमैहरुलाई यहाँ होइन तिम्रो भान्सा छुट्टै छ ।”

Nepal Telecome

प्रायणले खाना खाने भनेर अगाडी बढ्दा यो भान्छा ब्रामणको हो तिमीहरुको उता छ यो छोईञ्छ भनेपछि नारायणको मनमा छोयो र उनले भने संसारमा एउटै जात छ त्यो हो मानिस । अहिलेको समयमा नि यस्तो भन्नुहुन्छ भनेर उनले कुरा गर्दा गर्दै भान्छा छोईएको भन्दै स्थानीयले खाना सबै फ़ालिदिएपछि यो घटनाले उग्र रुप लिएको हो ।

जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन २०६८ को दफा ३ ले भेदभाव गर्न नहुने उल्लेख गरिएको छ । यो दफामा, “कसैले पनि जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव गर्न वा गराउन नहुने, छुवाछुत र भेदभाव गर्ने कार्य गर्न कुनै प्रकारको मद्धत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तको कार्यको उद्योग गर्न हुँदैन ।” भन्ने उल्लेख गरिएको छ ।
यो दफा विपरितको कार्य गरेमा कसुर गरेको मानिने उल्लेख छ ।