" />

कास्की : जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ । प्रशासनले आइतबार सूचना जारी गरी कोभिड–१९ रोगको सङ्क्रमणदर अपेक्षित घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापण्ड पूर्णपालना गरी देउसी–भैलोजस्ता नाचगान कार्यक्रम राति १०ः०० बजेसम्म […]
पर्वत : यहाँको देउपुरबाट कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनमा पर्ने नयाँ मोदी र लाहाचोक सबस्टेशनको निर्माण सम्पन्न भएको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित नयाँ मोदी र कास्कीको माछापुच्छ गाउँपालिका–१ लाहाचोकस्थित सबस्टेशन तयार भएको हो । लाहाचोक सबस्टेशनको भने डेढ महिनापछि चार्ज गर्ने तयारी रहेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो । मोदी गाउँपालिकाको […]
डडेल्धुरा : दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बसमा ३२ यात्रु सवार रहेको बताइएको छ । घाइतेलाई उपचारका लागि धनगढी ल्याइँदैछ । घाइते […]
डोटी: यहाँका किसानलाई बाढी–पहिराले खेतका सबै धान बगाएपछि तिहारमा के खाने भन्ने चिन्ता थपिएको छ । काटेर सुकाउन राखेका कतिपय खेतका धान सबै बगाएको छ भने काट्नै बाँकी रहेका खेतमा सबै झारेर परालमात्रै बाँकी छ । बाढीले के कति क्षति पु¥यायो भन्ने आँकलसम्म गर्न सकिएको छैन । पानीले ढुवाएका धान उम्रिन थालेको दिपायल सिलगढी नगरपालिका–४ […]
कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समयसापेक्ष शिक्षा प्रणालीलाई परिवर्तन गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल प्रध्यापक सङ्घको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आज धनगढीमा आयोजित ‘रिसर्च मेथोडोलोजी टेर्निङ’ र नेपालमा उच्च शिक्षाको अवस्था र चुनौती तथा सामदायिक क्याम्पसहरुको अवस्था र चुनौती विषयक गोष्ठीको उद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले समय सान्दर्भिक शिक्षा प्रणालीलाई […]
गलकोट : बागलुङ नगरपालिकाले निर्वाचित जनप्रतिनिधि आउनासाथ आधा दर्जन महत्वकांक्षी योजना अघि सारेको थियो । रु २६ करोड लागतमा वन्यजन्तु उद्यान, काठेखोला थुनेर जलविहारसहितको पर्यटकीय केन्द्र बनाउने, विमानस्थल कालोपत्र गरेर आफ्नै लगानीमा जहाज चलाउने, आधुनिक बसपार्क निर्माणलगायतका महत्वपूर्ण तर केही महत्वकांक्षी योजना अघि सारेको नगरपालिकाले केही योजना निर्माण सफल गरिसकेको छ । बलेवा विमानस्थलको धावनमार्ग […]
रसुवा : विकास निर्माणलगायत प्रशासनिक निकायमा हुने भ्रष्टाचार न्यूनीकरण गर्न यहाँका सवै निकायलाई सचेत गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँले आयोजना गरेको भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधि र कर्मचारीको भूमिका विषयक अन्तर–संवाद कार्यक्रममार्फत स्थानीय तहका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई बिहीबार सचेत गराइएको हो । निर्धारित कार्ययोजनाअनुरूप विकास निर्माणलगायत प्रशासनिक कार्यमा खर्च गर्दा नीति–नियमको पालना, मितव्ययिता, पारदर्शिता […]
म्याग्दी । गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । […]
काठमाडौँ : नेकपा(एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा कमिटी र पालिका कमिटीको समीक्षा तथा महाधिवेशन प्रतिनिधि चयनका लागि मापदण्ड तथा कार्यतालिकाका विषयमा छलफल हुने छ । […]
काठमाडौँ : बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी हुनुहुन्छ । छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट […]