" />

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने सेती दोभानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी परिरहेको र पहिरो खसिरहेकाले […]
काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई आज दिउँसो काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले सिमराका ३२ वर्षीय […]
काठमाडौँ । कोरोनाबाट प्रभावित भएका विभिन्न क्षेत्रमध्ये कृषि, हस्तकला तथा सीपमूलक क्षेत्रका लागि नेपाल राष्ट्र बैंकले राहतको प्रबन्ध गरेको छ । केन्द्रीय बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै हस्तकला, सीपमूलक व्यवसाय एवं उद्यम व्यवसायका लागि रु एक करोडसम्मको कर्जा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तो व्यवसायका लागि आधारदरमा दुई प्रतिशत थप गरी ऋणको ब्याज […]
डोटी । सुदूरपश्चिम प्रदेशमा आज सोमबार एकै दिन १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार ७७४ जनामा गरिएको कोरोनाको नमूना परीक्षणमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।पछिल्लो केही दिनयता सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको पाइएकाले सावधानी अपनाउन निकै जरुरी भएको स्वास्थ्य निर्देशक डा गुणराज […]
इनरुवा । सुनसरीको इटहरी उपमहानगपालिका–२० स्थित पानीपिया नजिकै दुर्घटनामा परेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । कोशी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०००१–६–८४४५ नम्बरको ट्याङ्करले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याङ्करको ठक्करबाट सफल […]
काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले मिचेको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्र फिर्ताका लागि औपचारिक पहल गर्न सरकारलाई सुझाव दिएको छ । समितिले आफ्नो बार्षिक प्रतिवेदन २०७८ मार्फत नेपालले नक्सामा अध्यावधिक गरिसकेको भूभाग व्यवहारिक रुपमा फिर्ता हुन नसकेको उल्लेख गर्दै त्यसका लागि असल कूटनीतिक पहल गर्न भनेको हो । ‘नेपाल […]
काठमाडौं । सामाखुशी रानीबारीमा भर्खरै मात्र संचालनमा आएको स्टार अटो कियर प्रा.लि.र बानियाँटार युवा समाजले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । स्टार अटोले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै बृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो । लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कल र लायन्स क्लब अफ काठमाडौं क्यापिटल टाउनको पहलमा स्टार अटो कियरको आफ्नै प्राङ्गणमा […]
विर्तामोड । व्यक्तिगत गोपनीयताको ख्याल नगरी भिडियो खिचेको अभियोगमा झापामा युट्युबर पक्राउ परेका छन् । पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरेसहित व्यवसायी हेमराज भट्टराई र सुवास कार्की छन् । इलाका प्रहरी कार्यालय, अनारमनीले उनीहरुलाई पक्राउ गरेको हो । एक होटलमा खाजा खाइरहेका वेला कोठामा प्रवेश गरी विना अनुमित भिडियो खिचेर सार्वजनिक गरी चरित्र हत्या गरेको अभियोग […]
काठमाडौँ – स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरको १८ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न भएको छ। बरिष्ट सौन्दर्यबिद रुस्का श्रेष्ठ बैधले ‘स्कुल अफ व्युटीसियन’को स्थापनाको १८ औं बार्षिकोत्सव एक भब्य समारोह बीच मनाएकी हुन्। उनको ट्रेनीङ सेन्टर, ब्युटिपार्लर काठमाडौंको नक्साल र काभ्रेको बनेपामा रहेको छ । प्रमुख अतिथि सिटिइभिटीका बागमती प्रदेस प्रमुख तैलेन्द्र […]
काठमाडौं । क्रिश्चियन धर्मको प्रचार प्रसार गर्ने क्रममा विराट ठाडालाई ज्यान मार्ने धम्की दिइएको बताइएको छ । क्रिश्चियन धर्मको चर्च बनाउने र गाउँका मानिसहरुलाई धर्मका बारेमा प्रचार प्रसार गर्दै हिंड्ने क्रममा उनलाई दिन हिन्दू धर्मका समुदायले कुटपिट गरी ज्यान मार्ने धम्की दिइएको बताइएको छ । उनी रामपुर नगरपालिका वडा ३ मा रहेको चर्चमा क्रियशील रहँदै […]