" /> News – Page 29 – News of Global
२५४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २०१९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना पुगेको छ । यस्तै एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको […]

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

काठमाडौं । श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराउने र सेवाबाटै निष्कासन गर्ने जस्ता कार्य केही सञ्चार गृहहरूले गर्दै आएकोमा प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ । कोरोना सङ्क्रमणको समस्यालाई देखाएर पत्रकारको सेवा सुविधा रोक्ने र सेवाबाट निष्कासन गर्ने कार्य नियम, कानुन विपरीत भएकाले यस्तो कार्य नगर्न÷नगराउन काउन्सिलले सम्बन्धित मिडियाहरूलाई आग्रह गरेको हो । काउन्सिल अन्र्तगतको श्रमजीवी […]

एमसिसी बिरुद्ध माईतीघरमा उर्लिए बीर गोर्खाली

काठमाडौं । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा नेपालमा पारित गराउनको लागि प्रस्तुत भएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई रोक्न काठमाडौंमा बृहत जुलुस गरिएको छ । राजाबादीहरुको संस्था ‘बीर गोर्खाली’ले काठमाडौंको माईतिघर मण्डलामा मंगलबार दिउँसो १ बजेबाट ३ बजेसम्म दुई घन्टा एमसिसी बिरुद्ध विरोध तथा धर्ना कार्यक्रम आयोजना ग¥यो । बीर गोर्खालीका अध्यक्ष बसन्त बिक्रम पाण्डेको […]

पत्रकार आचारसंहिता अब विभिन्न मातृभाषामा प्रकाशित हुने

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा अनुवाद गरी प्रकाशन गर्ने अभियानलाई तीव्रता दिएको छ । काउन्सिलले हाल २ वटा (नेवा र मैथिली) भाषामा आचारसंहिता प्रकाशन गरेकोमा थप ३ वटा भाषामा अनुवाद गर्ने काम अन्तिम चरणमा पुगेको छ । काउन्सिलको विधागत पत्रकारिता विकास उपसमितिद्धारा मङ्गलबार आयोजित ‘विधागत पत्रकारिताको विकासमा प्रेस काउन्सिलको भूमिका’ विषयक […]

सखी प्रतिष्ठानले मनायो डालो रेस्टुरेन्टमा २०८ औं भानु जयन्ती

काठमाडौं । २०८ औं भानु जयन्तीको अवसरमा आज २०७८ असार २८ गते सखी प्रतिष्ठानले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा विशेष कवि गोष्ठीको आयोजना गर्यो । सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि गुन्जनका अध्यक्ष एवं वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक रहनु भएको थियो । सो कार्यक्रममा अमेरिकाबाट आउनु भएका साहित्यकार गोविन्द गिरि प्रेरणालाई […]

जनार्दन शर्मा र पम्फा भूसाल माओवादी केन्द्रबाट मन्त्री बन्ने, आजै सपथ लिइने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो । उनीहरुको मन्त्रालयबारे भने टुंगो नलागेको माओवादी स्रोतले जनाएको छ । आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको […]

संघीयता र धर्म निरपेक्षताबारे समीक्षा गरौंः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी वैठकमा संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्नुपर्ने आवाज उठेको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका केन्द्रीय सदस्य महेश बस्नेतले संघीयताबारे समीक्षा गर्नुपर्ने बताएका हुन् । एक नेताका अनुसार उनले भनेका छन्, ‘मुलुकको विशिष्ट पहिचान घोषणा गरौं, धर्म निरपक्षताबारे पनि […]

आइएमई पे र मिडिया इन्टरनेशनलवीच सम्झौता

काठमाडौँ । वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेशनलवीच सम्झौता भएको छ । सम्झौता अनुसार मिडिया इन्टरनेशनलको आयोजनामा देशका सतहत्तरै जिल्लामा संचालन हुने फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी कार्यक्रमको मूख्य प्रायोजक आइएमई पे हुनेछ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेशनलका प्रवन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गर्नुभएको […]

कोरियाली प्रायद्विपको पुनर्मिलन र एसिया प्रशान्त क्षेत्रमा शान्ति र सुरक्षा विषयमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाण्डौ । सात दशकदेखि विभाजित र अघोषित युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरुबिच शान्तिमय पुनर्मिलनका लागि यसिया प्रशान्तका विभिन्न राष्ट्रका विज्ञहरू समेटेर अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न भएको छ । विश्वको उदाउँदो आर्थिक शक्ति कोरियाली राष्ट्रहरुको पुनर्मिलन विश्व शान्ति र सुरक्षाको लागि अपरिहार्य छ । कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बनाउन युनिर्भसल पीस फडेरेसन सक्रिय रहेको छ […]

गोरखा सांस्कृतिक समाजले प्रदान ग¥यो ५० जनालाई राहत

काठमाडौं । कोभिड–१९ को महामारीबाट अप्ठ्यारोमा परेका कलाकारहरुलाई गोरखा सांस्कृतिक समाजले दोस्रो चरणमा राहत प्रदान गरेको छ । समाजले असार १९ गते आफ्नै कार्यालयमा बोलाएर गोरखाली कलाकारहरुलाई राहत प्रदान गरिरहेको छ । दोस्रो चरणको राहत प्याकेजमा ५० जना कलाकारहरुलाई राहत दिएको हो । यो क्रम दैनिक रुपमा अप्ठ्यारोमा परेका कलाकारलाई दिँदै जाने समाजको ‘कोभिड–१९ राहत […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]