" />
काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ । बिहीबार हृवीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनेमार्चाकी सचेतक पियारी थापाले जानकारी दिइन् । विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले हृवीप जारी गरेको थियो । तर प्रदेशसभा सदस्य थापा […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ मा आन्तरिक पर्यटनलाई टेवा पुर्याउन पर्यटन काज बिदाको अवधारणा ल्याएको छ । अवधारणा अनुसार निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइनेछ । सरकारी कर्मचारीलाई खर्चसहित बिदामा पठाउनुपर्छ भन्ने माग निजी क्षेत्रले चालु आर्थिक वर्षको बजेट निर्माणको समयबाटै गरेका थिए । […]
काठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धन (अन्तर्राष्ट्रिय उडानतर्फ) को मूल्य घटाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा गएराति १२ बजेदेखि लागू हुने गरी हवाइ इन्धनको मूल्य घटाउने निर्णय भएको उल्लेख गरिएको छ । कोरोनाको कारण सिर्जित वर्तमान अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाइ इन्धनमा बढीमा १९ प्रतिशतसम्म नाफा राखी मूल्य निर्धारण गर्ने नीति […]
सुर्खेत । सुर्खेतमा मदिरा खुवाएर केही युवकले लोपोन्मुख राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरेका छन् । होटेलमा लिएर दुईजना राउटे युवतीलाई मदिरा खुवाई युवकहरुले दुर्व्यवहार गरेको भिडियोसमेत सार्वजनिक भएको हो । युवतीमाथि दुव्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यूवतीलाई मदिरा सेवन गराई भिडियो बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता […]
आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया किशोरीलाई दुव्र्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो । पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी […]
गोरखा । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद एवंम नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य हरिराज अधिकारी खाद्यान्य सहित स्वास्थ्य सामग्री बोकेर गोरखा आउनु भएको छ । धार्चे गाउँपालिकाका २५० घर परिवारका लागि खाद्यान्य बोकेर सांसद अधिकारी त्यस तर्फ जान लाग्नु भएको हो । अष्टे«लियामा रहनुभएका समाजसेवी जोन घलेको आर्थिक सहयोगमा निधेषाज्ञाका बेला खाद्यान्य […]
पोखरा । हिमाली साँस्कृतिक परिवारका अध्यक्ष संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको छ । तीन साताअघि कोरोना संक्रमणबाट मुक्त भएका गुरुङको मुटु सम्बन्धी समस्या रहेको थियो । उहाँको उपचारका क्रममा गएराती पोखराको फिस्टेल अस्पतालमा निधन भएको हो । पत्नी शोकमा परेको करिब तीन सातामै ५८ वर्षीय गुरुङको निधन भएको हो । उहाँकी धर्मपत्नी मीना गुरुङको गत […]
काठमाडाैं । कोरोना भाइरसका नयाँ-नयाँ प्रकार निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भाइरसको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ । डब्ल्यूएचओले कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गर्ने बीबीसीले जनाएकाे छ । बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरिएको डब्ल्यूएचओले […]
गोरखा । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरुलाई नारेश्वर युवा समाजले सहयोग हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका वडा नं. ३ नारेश्वरको कार्यालयमा समाजले सहयोग जुटाएर स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग हस्तान्तरण गरेको हो । समाजका संयाेजक सुबास थापाकाे संयाेजकत्वमा नारेश्वर युवा समाजले देशविदेशबाट सहयोग जुटाएर लकडाउनको मारमा परेका गरीब, असहाय, […]
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ । कोभिड संक्रममित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । ४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । करिब १५ दिनअघि अस्पताल भर्ना भएका उनको भेन्टेलेटरमा राखेर उपचार […]