" /> News – Page 32 – News of Global
कोरोना भाइरसका भेरियन्टहरूलाई नयाँ नाम दिने विश्व स्वास्थ्य सङ्गठनको निर्णय

काठमाडाैं । कोरोना भाइरसका नयाँ-नयाँ प्रकार निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भाइरसको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ । डब्ल्यूएचओले कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गर्ने बीबीसीले जनाएकाे छ । बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरिएको डब्ल्यूएचओले […]

नारेश्वर युवा समाजले गर्याे काेराेना पीडित स्थानीयलाई सहयोग

गोरखा । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरुलाई नारेश्वर युवा समाजले सहयोग हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका वडा नं. ३ नारेश्वरको कार्यालयमा समाजले सहयोग जुटाएर स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग हस्तान्तरण गरेको हो । समाजका संयाेजक सुबास थापाकाे संयाेजकत्वमा नारेश्वर युवा समाजले देशविदेशबाट सहयोग जुटाएर लकडाउनको मारमा परेका गरीब, असहाय, […]

कोरोनाका कारण वल्र्डलिंकका संचालक विजय जलानको निधन

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ । कोभिड संक्रममित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । ४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । करिब १५ दिनअघि अस्पताल भर्ना भएका उनको भेन्टेलेटरमा राखेर उपचार […]

कोरोना संक्रमणबाट न्यायाधीश बासुदेव लाल श्रेष्ठको निधन

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो । ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए । कोरोना संक्रमणकै कारण रौतहट जिल्ला अदालतमा नासु पदमा कार्यरत कर्मचारी अनुठा राय यादवको पनि बुधबार […]

नेपाल छिर्न १३ वटा नाका खुला, कहाँ कहाँबाट आउन पाइन्छ हेर्नुहोस् !

काठमाडौं । सरकारले भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका खुला गरेको छ । कोरोना महामारी नियन्त्रणको लागि यसअघि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकोमा घर फर्किन चाहने नेपालीहरुको सहजताका लागि यी नाकाहरु खुला गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीटमार्फत जानकारी दिएका छन् । अहिले देशभर ५८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी […]

एमालेका २२ सांसद प्रतिनिधिसभामा सहभागी नहुने, अब के होला ?

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल समूहका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने भएका छन् । एमाले नेता भीम रावलले पार्टीका २२ सांसद आजको बैठकमा सहभागी नहुने जानकारी दिए । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता […]

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य गम्भीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै गएको छ । सामाजिक सन्जालमा सार्वजनिक एक तस्वीरमा सीता निकै दुब्ली र कमजोरजस्तो देखिएकी छन् । सो तस्वीरमा सीतासँगै उनका पति प्रचण्ड, छोरी र नातिनीहरु छन् । पारिवारिक स्रोतका अनुसार उनलाई पाइपबाट हल्का खाना खुवाउने गरिएको छ । ‘हातखुट्टा चल्दैनन्, […]

२४ घन्टामा ४२३४ सवारीसाधन नियन्त्रणमा

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८६ वटा गाडी र ३ हजार १४८ वटा मोटरसाइकल गरी ४ हजार २३४ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही गरेको छ । त्यस्तै विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ७२० जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडेको तथा कोभिड–१९ रोकथाम तथा […]

बाँकेमा उपचाररत रहेका ५ संक्रमितको मृत्यु

काठमाडौं । बाँकेमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना बाँकेका र एक जना बर्दियाका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१४ की ३८ वर्षीया महिलाको शनिबार बिहान पौने सात बजे भेरी अस्पतालमा मृत्यु भएको छ । भारतको लखिमपुरमा वैशाख १४ गते परीक्षण गर्दा […]

संसद सचिवालयमा उपसचिवको कोराना संक्रमणबाट निधन

काठमाडौं । संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत गरिएको थियो […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]