काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्ला तहका नेताबाट लान्छना लगाउने, घृणायुक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा उनले पार्टीका माथिल्लो तहबाटै आफू र पार्टी नेतामाथि अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको दाबी गरेका हुन् ।

‘एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ,’ उनले लेखेका छन्, ‘यस बिचमा पार्टीका माथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ ।’

Nepal Telecome

उनले एक अर्काप्रति नकारात्मक टिप्पणी, घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने भन्दै एकता जोगाउन पार्टीलाई बहु आयामिक रूपले रूपान्तरण गर्नु पर्ने बताएका छन् ।

‘उपयुक्त समयमा उपयुक्त विधि र स्थापित प्रक्रियामार्फतÞत तथ्य र तर्क सहित छलफल र बहस गर्न जरुरी छ । गलत जानकारी, मिथ्या जानकारी र घृणायुक्त भाषण बन्द गरौँ । फेरी पनि भन्छु आत्मभत्सर्ना होइन जमेर आत्मसमिक्षा गरौँ,’ उनले भने ।

उनले पार्टीभित्र तथ्य र तर्कका आधारमा बहस हुनुपर्ने बताए ।