काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान संशोधन बहस पत्र तयार पार्ने परेको छ ।
संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको आर्थिक वर्ष ०८३÷८४को नीति तथा कार्यक्रमको पहिलो नम्बरमा नै बहसपत्र तयार पार्ने उल्लेख गरिएको हो ।
‘सरकारले शुसासनलाई समृद्ध नेपालको आधारशिलाका रुपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता, सार्वजनिक सेवामा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतीलाई अभियानका रुपमा अघि बढाउने छ । सबै बर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चत गर्न राजनीतिक दलहरुसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषयहरु पहिचान गरि संविधान संशोधन बहस पत्र तयार गरिनेछ,’ राष्ट्रपति पौडेलले वाचन गरेको नीति कार्यक्रममा भनिएको छ ।