काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सिजिन पिङको निमन्त्रणामा उनले तीन दिने औपचारिक राजकीय भ्रमण सुरु गरेका हुन् ।

बेइजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए । साथै चिनियाँ उप–विदेशमन्त्री मा झाओशु र संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत सिए फेङ पनि स्वागत समारोहमा उपस्थित थिए ।

ट्रम्पको स्वागतका क्रममा जनमुक्ति सेनाले उनलाई गार्ड अफ अनर प्रदान गरेको थियो । सैन्य ब्यान्डको धुनसँगै चिनियाँ युवा समूहले दुवै देशका झण्डा फहराउँदै अमेरिकी राष्ट्रपतिलाई स्वागत गरेका थिए ।

Nepal Telecome

यो भ्रमण पछिल्लो नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिको पहिलो चीन यात्रा हो । साथै, गत वर्ष अक्टोबरमा गणतन्त्र कोरिया (दक्षिण कोरिया) को बुसानमा भएको भेटपछि ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको यो पहिलो प्रत्यक्ष भेट पनि हो ।

चीनको विदेश मन्त्रालयका अनुसार यस भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति ट्रम्पबीच चीन–अमेरिका सम्बन्ध, विश्व शान्ति तथा विकाससँग सम्बन्धित प्रमुख मुद्दाहरूमा विस्तृत छलफल हुनेछ । यो भ्रमणलाई विश्वको दुई प्रमुख अर्थतन्त्रबीचको सम्बन्ध सुधार र तनाव न्यूनीकरणतर्फको महत्वपूर्ण कूटनीतिक कदमका रूपमा हेरिएको छ । सीसीटीभी