काठमाडौं । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बरिष्ठ गायक तथा सर्जक कृष्णसुधा ढुंगानाको स्वास्थ्यमा सुधार आएको छ । वैशाख २६ गते काठमाडौको काभ्रेस्थलीको रोडमा अचानक मोटरसाइकलले ठक्कर दिएपछि उनलाई उपचारका लागि ग्रीनसिटी अस्पताल पु¥याइएको थियो । ठक्करबाट घाइते ढुंगानाको टाउकोमा चोट लागेको छ । घाइते ढुंगानाको ग्रिन सिटी अस्पतालको सघन कक्ष (आईसियू) मा राखेर उपचार भइरहेको छ । उनलाई अस्पताल भेट्न पुगेका बरिष्ठ गायक बम बहादुर कार्कीका अनुसार अहिले ढुंगानाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।
वरिष्ठ गायक तथा सर्जक कृष्णसुधा ढुंगानाको गीतहरुको पानको पात, रानीघाटैमा, चाँदीको मोहर, फागुन महिना, कल्ले बोलायो, धान झुलेको छ, तिम्लाई टाढा मलाई नि टाढा, रातो घाम, मनसुन, गाइको चरन लगायतका दर्जनौं गीतहरु सदाबहार छन् ।