काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा वरिष्ठ कलाकार उत्तम केसी निर्वाचित भएका छन् । संघको २१ औं साधारणसभा एवं अधिवेशनबाट वरिष्ठ कलाकार उत्तम केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षका लागि सविन श्रेष्ठ र उत्तम केसीको उम्मेदवारी परेको थियो । ३५६ मत खसेकोमा सविन श्रेष्ठले १३२ मत ल्याएका थिए भने उत्तम केसीले २१६ मत ल्याएर सर्वाधिक मतको अन्तरले विजयी भएका थिए ।
त्यस्तै संघको उपाध्यक्षमा पूजना प्रधान र शिवहरी नेपाल बैरागी विजयी भएका छन् । उपाध्यक्षमा उद्धव भट्टराई, डीबी तामाङ, पनाह अधिकारी, पूजना प्रधान, राजेन्द्र बस्नेत र शिवहरि बैरागीको उम्मेदवार परेको थियो । ५ जनाको उम्मेदवारी परेकोमा उपाध्यक्षमा पूजाना प्रधानले १४४ र शिवहरि बैरागीले १४६ मत ल्याएर विजयी भएका थिए ।
त्यसैगरी महासचिव पदमा सुनिल कटवाल र रामेश्वर बुर्लाकोटीको उम्मेदवारी परेको थियो । सुनिल कटवालले १९५ मत ल्याएर विजयी भएका थिए भने बुर्लाकोटीले १२५ मत ल्याएर पराजित हुन पुगेका थिए । सचिव पदमा भने गोपाल ढकाल छन्दे र पल्पसा डंगोलको उम्मेदवारी परेकोमा ढकालले २१४ र डंगोलले ११० मत ल्याएका थिए । जसमा धेरै मतान्तरमा ढकाल विजयी भएका थिए ।
कोषाध्यक्षः पवित्रा आचार्य, खुश्बु खड्का र तेजुला खतिवडाको उम्मेदवारी परेको थियो जसमा तेजुलाले १४९ मत ल्याएर विजयी भएकी थिइन् । सहकोषाध्यक्ष पदका लागि पवन केसी र गीता नेपालको उम्मेदवारी परेकोमा पवन केसीले १६१ मत ल्याएर ८ मतको अन्तरमा विजयी भए ।
त्यसैगरी संघको १० सदस्य पदका लागि २८ जनाको उम्मेदवारी परेको थियो । जसमा इन्द्रबहादुर लामा (खम्बे),चन्द्रकला (मोनीका) दाहाल, चन्द्रकला राई (लब्ली संगम), छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान शंकर इकु निर्वाचित भएका थिए ।



