सक्षम घिमिरे,नेपाल न्यूज बैंक
देशभर चर्को घामले गर्मी बढ्दै जाँदा काठमाडौं उपत्यकाका पसलहरुमा छाताको माग र बिक्री बढेको छ । घाम होस या वर्षाबाट बच्न सर्वसाधारणले छाता प्रयोग गर्न थालेपछि बजारमा विभिन्न रंग र डिजाइनका छाताको किनमेल बढेको हो । छाता दैनिक आवश्यक वस्तुको रूपमा प्रयोग हुन थालेको देखिन्छ।



