आकर्षक सार्वजनिक गन्तव्यका रूपमा रहेकाे मदन भण्डारी स्मृति सामुदायिक पार्क यतिबेला रङरोगन तथा सौन्दर्यीकरणको कामले नयाँ स्वरूपमा सजिँदै गएको छ। पार्कभित्र रहेका संरचना, प्रवेशद्वार, रेलिङ, बस्ने बेन्च, पर्खाल तथा अन्य भौतिक पूर्वाधारमा रङरोगन गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ।



