" /> जिल्लाका स्थानिय निकायलाई ललितपुर उद्योग वाणिज्य संघको राहत – News of Global

News of Global बिहिबार, चैत्र २७, २०७६

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लाका अति विपन्न, अपाङ्ग, असाहाय, दैनिक ज्यालादारी मजदुरवर्गका व्यक्ति तथा परिवारलाई राहत उपलब्ध गराएको छ । संघले उनीहरु लाई राहत वितरण गर्न ललितपुर जिल्लाका तीनवटै स्थानिय निकायलाई खाद्यान्न उपलव्ध गराइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले आममानिसमा रोग सर्नबाट बचाउन लकडाउन घोषणा गरे पश्चात विपन्न वर्गमा समस्या आइपरेको हुँदा राहत उपलब्ध गराएको संघले जनाएको छ ।
लकडाउनबाट मानिसहरु सार्वजनिक रुपमा दैनिक मजदुरी नपाएर खाद्यान्नको अभावले भोकै बस्न नपरोस भन्ने हेतुले ललितपुर महानगरपालिकालाई २ टन चामल र १ सय केजी दाल, महालक्ष्मी नगरपालिकालाई १ टन चामल र ५० केजी दाल यस्तै गोदावरी नगरपालिकालाई १ टन चामल र ५० केजी दाल उपलव्ध गराइएको हो । ललितपुर उद्योग वाणिज्य संघले उपलव्ध गराईएको उपरोत्त खाद्यान्न तीनै वटा स्थानिय सरकारले आफ्नो क्षेत्रमा रहेका अति विपन्न, अपाङ्ग, असाहाय, दैनिक ज्यालादारी मजदुरवर्गका व्यक्ति तथा परिवारलाई राहत वितरण गरिने संघका महासचिव मनोज बहादुर न्याछ्योले बताए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]