काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटीको नाम सिफारिस भएको छ भने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाललाई सिफारिस गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा अभिनाश श्रेष्ठ, रामलाल जोशीको नाम सदस्य सचिवका रूपमा सिफारिस भएको छ ।
त्यसैगरी प्रतिष्ठानको प्राज्ञ सदस्यका लागि तीर्थ गुरुङ, राजन मुकारुङ, दीपक सापकोटा, प्रगति राई, नवीन अभिलासी, प्रतिसरा सायमी र कृष्ण सर्वहारी सिफारिसमा परेको स्रोतले जानकारी दिएको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल सिफारिस भएका छन् भने झुमा लिम्बूलाई उपकुलपतिमा सिफारिस गरेको छ । मन्त्रालय स्रोतका अनुसार प्रतिष्ठानको सदस्य सचिवमा भूपेन्द्र रायमाझीको नाम सिफारिस भएको छ । सदस्यमा यज्ञराज उपाध्याय र रेखा शाहसहितको नाम सिफारिसमा परेको स्रोतले जानकारी दिएको छ ।

Nepal Telecome

छनोट समितिको संयोजकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल थिए भने सदस्यहरूमा नारायण ढकाल र अर्चना थापा रहेका थिए । सरकारको सिफारिससँगै प्रज्ञा प्रतिष्ठिानका विषयमा भएको नियुक्तिहरुको बारेमा टीकाटिप्पणी, वि रोध र बधाई सँगसँगै आउन पनि थालेको छ । तर हिजोको इतिहासलाई हेर्ने हो भने सिफारिस गरिएको भनेर बजारमा चर्चा हुँदाहुँदै नियुक्ति अर्कै भएको पनि देखिन्छ ।