काठमाडौं । सङ्घीय संसदअन्तर्गत शुक्रबार तीनवटा संसदीय समितिको बैठक बस्दै छन्। आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सङ्घीय संसद सचिवालयको भवनमा बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक कार्ययोजना तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

Nepal Telecome

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि सिंहदरबारमा बिहान ११ बजे बस्दैछ । बैठकमा अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो २ः३० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।