काठमाडौं । चर्चित म्युजिक भिडियो मोडल विजय थापाले यतिबेला आफ्नै स्वरमा ‘अच्छा लेकिन रेलैमा’ गीत लिएर आएका छन् । उनलाई शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । रमेश बिजीको शब्द सिर्जना रहेको ‘अच्छा लेकिन रेलैमा’ गीतमा झलक संगीतम्को संगीत एवं एरेन्ज रहेको छ । गायक थापा, गीतकार रमेश बिजी र संगीतकार झलक संगीतम् यतिखेर अष्ट्रेलियामा नै क्रियाशील छन् । यो गीतको एरेन्ज र पुरुष स्वर अष्ट्रेलियामा रहेको आलाप रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गायिका शान्तिश्री परियारको स्वर भने नेपालमा रहेको मालाश्री रेकर्डिङ स्टुडियोमा गरिएको हो ।
‘अच्छा लेकिन रेलैमा’ गीतको म्युजिक भिडियोलाई अष्ट्रेलियामा नै छायाँकन गरिएको हो । भिडियोको निर्देशन तथा कोरियोग्राफी विजयजंग थापाको रहेको छ । गीतमा विजयजंग थापा र रिना केसी (काली)को अभिनय रहेको छ । भिडियोलाई कृष्ण बहादुर थापाले छायाँकन गरेका छन् । भिडियोको सम्पादन भने प्रविन भट्टले गरेका हुन् । भिडियोलाई झलक संगीतम्को अफिसियल य्रट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।