काठमाण्डौ – तराई–मधेश द्रुतमार्ग अर्थात् (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा बन्दै गरेको सुरुङ आज छिचोलिँदैछ ।

Nepal Telecome

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा यो सुरुङ छिचोल्न लागिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

राष्ट्रपति पौडेल हेलिकप्टरबाट बिहान साढे ९ बजे महादेवटार पुग्नुहुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बाट बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुई वटा सुरूङ निर्माणाधीन छन् ।

आज ‘ब्रेक थ्रु’ अर्थात् छिचोल्न लागिएको सुरुङको लम्बाइ झण्डै साढे ३ किलोमिटर रहेको छ । अर्काेतर्फको सुरुङ गएको भदौमा छिचोल्ने काम भएको थियो । फास्ट ट्र्याकअन्तर्गत ७ वटा सुरूङ निर्माणाधीन छन् ।

नेपाली सेनाले द्रुतमार्गलाई १३ वटा प्याकेजमा विभाजन गरी कार्यान्वयन गरिरहेको छ ।