काठमाडौं । हुम्लाको सिमकोटस्थित विमानस्थलमा बिहीबार बिहानै लागलागी भएको छ । विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहानै अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नाउब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

‘आगोको लप्काले विमानस्थल क्वाटरको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा जानकारी प्राप्त भयो,’ सुवेदीले भने, –अहिलेसम्म के कारणले आगो लाग्यो भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन् ।’

Nepal Telecome

हुम्ला सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको क्वाटरमा लागेको आगो नियन्त्रणका लागि जिल्लास्थित नेपाल सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीय खटिएका छन् ।

चिसोले पानी जमेका कारण आगो निभाउन समस्या भएको छ । तर बिहानैदेखि सबै लागेर आगो नियन्त्रणमा लिने प्रयास भैरहेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।