काठमाडौं। ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियान अगाडि बढाउँदै आएको सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई सजिलोसँग खाता खोल्न अझै सजिलो योजना ल्याएको छ। पृथक र प्रविधिमैत्री सेवाहरु प्रदान गर्दै आएको बैंकले यसै अनुरुप ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट सन्राइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सन्राइज स्मार्ट बचत खाता’ ल्याएको हो।

यस सुविधा अन्तर्गत ग्राहकहरुले अनलाइन मार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्ने बैंकले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ। उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै डिजिटल ट्रान्जेक्सनसमेत गर्न सक्ने बैंकले जनाएको छ।

Nepal Telecome

उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी आफैले मुद्घती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ। यस सुविधा अन्तर्गत ग्राहकहरुले बैंकको आधिकारिक वेभसाइट http://onlineservices.sunrisebank.com.np/account/default मा गई कुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्ने बैंकले विज्ञप्तिमार्फत भनेको छ।

यसरी अनलाइनबाट खोलिएका ‘सन्राइज स्मार्ट बचत खाता’ शून्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ।

खाता खोल्न र कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन तर ग्राहकहरुले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्षभित्र भने बैंकमा उपस्थित भई आफ्नो खाता अद्यावधिक गर्नुपर्ने बैंकले जनाएको छ। कोभिडको कारण ग्राहकहरु बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा सन्राइज बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरुले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङ्ग मार्फत नेपालमा बत्ती, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने बैंकको विश्वास छ।

बैंकले विस्तृत जानकारीका लागि टोल फ्री नम्बर १६६०–०१–२२–४४४ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।