काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८६ वटा गाडी र ३ हजार १४८ वटा मोटरसाइकल गरी ४ हजार २३४ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही गरेको छ ।

त्यस्तै विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ७२० जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडेको तथा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५०३ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरीवाना गरेको छ ।

Nepal Telecome

कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ हजार ८१७ जनालाई निःशुल्क मास्क वितरण गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।